सिप्रदी ट्रेडिङद्वारा नेपालमा टाटा एस इभीको १०० बढी युनिट बिक्री « Arthapath.com
२७ फाल्गुन २०८१, मंगलवार

सिप्रदी ट्रेडिङद्वारा नेपालमा टाटा एस इभीको १०० बढी युनिट बिक्री



काठमाडौं  । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस इभीको १००+ युनिट बिक्री तथा १०+ लाख किलोमिटरको निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्वपूर्ण उपलब्धि मनाएको छ। यो विशेष समारोह सिप्रदी ट्रेडिङको शो–रूम गैरिधारामा सम्पन्न भयो, जसमा केही विशिष्ट ग्राहकहरूको उपस्थिति रहेको थियो।

नेपालका साना तथा मध्यम उद्यम र कर्पोरेट व्यवसायहरूका लागि टाटा एसीई ईभीले नयाँ सम्भावनाहरू प्रस्तुत गरेको छ। हालसम्म १०० प्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम, र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एस इभीलाई काठमाडौँ, पोखरा, बुटवल, चितवन, र ईटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनेको छ। टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा  विद्युतीय यातायात क्रान्ति ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रममा टाटा मोटर्सका सीभीआईबी हेड असिफ शमीम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहे। उनीहरूले टाटा एस इभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनहरूप्रतिको विश्वासबारे आफ्ना विचार व्यक्त गरे।

समारोहमा विशेष केक काट्ने कार्यक्रम समेत आयोजना गरियो, जसले टाटा एस इभीको सफलतालाई थप उजागर गर्यो। साथै, विद्युतीय सवारीको प्रयोगले व्यवसायमा ल्याएको सकारात्मक प्रभावबारे ग्राहकहरूले आफ्ना अनुभवहरू पनि बाँडे।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै टाटा मोटर्सका असिफ शमीमले भने, “टाटा एस इभीप्रति ग्राहकहरूले देखाएको विश्वास हाम्रो दीगो तथा भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण हो।”

शून्य उत्सर्जन प्रविधि, कम सञ्चालन खर्च, र भरपर्दो बिक्रीपछिको सेवाका कारण टाटा एस इभी व्यावसायिक सवारी साधनको क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दैछ। सिप्रदी ट्रेडिङले यस उपलब्धिका साथ भविष्यका लागि दिगो, कुशल, र उन्नत यातायात समाधानहरू उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।


प्रतिक्रिया दिनुहोस्