सान–फ्रान्सिस्कोभन्दा विशाल फ्याक्ट्रि किन लगाउँदै छ बीवाईडी ? « Arthapath.com
८ चैत्र २०८१, शुक्रबार

सान–फ्रान्सिस्कोभन्दा विशाल फ्याक्ट्रि किन लगाउँदै छ बीवाईडी ?



काठमाडौँ । चीनको अग्रणी विद्युतीय सवारी साधन निर्माता बीवाईडीले चङचोउ खनान प्रान्तको झेङझाउमा आफ्नो कारखाना द्रुत गतिमा विस्तार गरिरहेको छ।

यो कारखाना यति ठूलो हुनेछ कि यसले अमेरिकाको एउटा ठूलो शहरलाई पनि उछिन्नेछ।

इन्टरनेटमा उपलब्ध एउटा भिडियोले यो विशाल कारखाना देखाउँछ। सामाजिक सञ्जाल रेडिटमा यसको भिडियो भाइरल भएको छ ।

यसमा उत्पादन भवनहरू, अग्ला होस्टलहरू, फुटबल मैदान, टेनिस कोर्ट र सडकहरूको सञ्जाल छ। निर्माण कार्य पनि भइरहेको छ। यसले यो कारखाना अझ ठूलो हुने देखाउँछ।

द सनको अनुसार, बीवाईडीको चङचोउ प्लान्ट टेस्लाको नेभाडा गिगाफ्याक्ट्री भन्दा ठूलो हुनेछ। टेस्लाको गिगाफ्याक्ट्री ४.५ वर्ग माइलमा फैलिएको छ।

तर बीवाईडीको कारखाना पूर्ण रूपमा निर्माण भएपछि लगभग ३२,००० एकड अर्थात् ५० वर्ग माइल ओगटेको हुनेछ। त्यो भनेको अकेरिकाको प्रख्यात शहर सान फ्रान्सिस्को भन्दा पनि ठूलो हो । उक्त शहर केवल ४६.९ वर्ग माइल क्षेत्रफलमा फैलिएको छ ।

बीवाईडीको यो परियोजना आठ चरणमा निर्माण भइरहेको छ। हाल यस परियोजनाको अन्तिम चार चरणहरूमा काम भइरहेको छ। यसले कारखानालाई विश्वको सबैभन्दा ठूलो उत्पादन स्थलहरू मध्ये एक बनाउनेछ।

हजारौं कर्मचारीको केन्द्र

ड्रोनबाट खिचिएको भिडियो देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फरक—फरक प्रतिक्रिया दिएका छन्।

एक ‘रेडिट’ प्रयोगकर्ताले भने भिडियोमा देखिएका १० तले भवनहरू होस्टेल भएको बताएका छन् । ‘यो त धेरै ठूलो छ। एसियाली कारखानाहरू साना युरोपेली शहरहरू जस्तै छन्’, एक लिंक्डइन प्रयोगकर्ताले टिप्पणी गरेका छन्। यस परियोजनामा बस लाइन, होस्टेल, मनोरञ्जन क्षेत्र आदि समावेश छन्।

द सनका अनुसार गत महिनासम्म चङचोउ कारखानामा लगभग ६० हजार कामदार थिए। कुल मिलाएर, बीवाईडीले ९ लाखभन्दा बढी मानिसहरूलाई रोजगारी दिन्छ। कम्पनीले अब आफ्नो कार्यबल थप विस्तार गर्दैछ।

चाइना डेलीका अनुसार, चङचोउ शाखाले यस वर्ष (२०२५)को पहिलो त्रैमासिकमा २० हजार नयाँ कर्मचारी भर्ना गर्दैछ। जागिर खोज्नेहरूका लागि नयाँ ‘भर्ती केन्द्र’ सिर्जना गरिएको छ।

यहाँ सामान राख्ने ठाउँ पनि छ। अन्तर्वार्ता र स्वास्थ्य जाँच पास गर्नेहरूले सम्झौतामा हस्ताक्षर गरेर तुरुन्तै कम्पनीमा सामेल हुन सक्छन्। होस्टेलमा उनीहरूको बसोबासको व्यवस्था छ।

सोचेभन्दा राम्रो सफलता !

चङचोउ कारखानाले गत वर्ष अप्रिलमा आफ्नो पहिलो कार, सङ प्रो ‘डीएम–आई’ उत्पादन गरेको थियो। यो मोडेलको मूल्य १७,६०० पाउण्ड (लगभग ३१ लाख ५० हजाार रुपैयाँ) भन्दा बढी थियो।

यो यस साइटमा ठूलो मात्रामा उत्पादनको सुरुवात थियो। त्यसबेलादेखि नै बीवाईडीले उत्पादनमा उल्लेखनीय वृद्धि गरेको छ। कम्पनीले सुरुमा २०२४ मा ३६ लाख न्यू इनर्जी भेहिकल्स बेच्ने लक्ष्य राखेको थियो।

बलियो माग र बढेको उत्पादन क्षमताका कारण कम्पनीले अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्‍यो।

वर्षको अन्त्यसम्ममा बीवाईडीले ४२.५ लाख सवारी साधन बेचेको थियो। यो सफलताबाट उत्साहित भएर कम्पनीले अब अझ ठूलो लक्ष्य राखेको छ। २०२५ को लागि, कम्पनीले ५२.५ लाख कार बेच्ने लक्ष्य अघि सारेको छ।

यो कारखानाले चीन कति छिटो विकास गरिरहेको छ भनेर देखाउँछ।

चीन विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन उत्पादक त हुँदै हो, सबैभन्दा ठूलो बजार पनि हो। बीवाईडी चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन उत्पादक कम्पनी हो।


प्रतिक्रिया दिनुहोस्