ट्रायम्फ नेपालको एपिक राइड, लोमान्थाङ पुगे ४० राइडर « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

ट्रायम्फ नेपालको एपिक राइड, लोमान्थाङ पुगे ४० राइडर



काठमाडौं । ट्रायम्फ नेपालका लागी आधिकारिक वितरक, हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा. लि. ले “एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम” सफल्ता पुर्वक सम्पन्न गरेको छ ।

गत अप्रिल २० देखि २७ सम्म आयोजित आठ दिने यो रोमान्चक यात्रामा ४० जना ट्रायम्फ राइडरहरू सहभागी थिए ।

१ हजार किलोमिटरभन्दा बढीको दुरी पार गर्दै, राइडरहरूले ट्रायम्फको स्पीड ४०० र स्क्र्याम्बलर ४०० एक्स मा नेपालको विविध भू–भागहरूमा यात्रा गरे ।

जसले, यी मोटरसाइकलहरूको कठिन र उबडखाबड बाटोमा पनि उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रमाणित ग¥यो । राइडले नेपालको सांस्कृतिक सम्पदा प्रवद्र्धन, स्थानीय व्यवसायहरूलाई टेवा, र दुई पांग्रे पर्यटनको बढ्दो सम्भावनालाई उजागर गरेको कम्पनीको दावी छ।

पहिलो दिन राइडको सुरुआत ट्रायम्फ नेपाल शोरुमबाट भएको थियो ।। बाइकरस् क्याफेमा बिहानको नास्ता पश्चात् राइडरहरू मुग्लिन, हेम्जा हुँदै कुश्मा पुगे । दोस्रो दिन देउराली र टिटी ताल घुम्दै राइडरहरू बेलुकाको बास मार्फा गाउमा गर्न पुगे ।

तेस्रो दिन जोमसोम नजिकको धुम्बा ताल, लुब्रा पास र निल्गिरी भिउ पोइन्ट हुँदै हिन्दू तथा बौद्धहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरसम्मको यात्रा सम्पन्न भएको थियो ।

चौथो दिन चुनौतीपूर्ण मार्ग पार गर्दै राइडरहरू प्राचीन पर्खालले घेरिएको मुस्ताङको राजधानी लो–मान्थाङमा पुगे । पाँचौं दिन शिजा झोङ गुफा, कोरला सीमा र अन्नपूर्ण माउन्टेन भ्यू पोइन्टको अवलोकन् गर्दै लाटेमान्थाङमै बास बसे ।

छैठौं दिन स्याङबोचे, जोमसोम जस्ता मनमोहक ठाउँ पार गर्दै राइडरहरू तातोपानी पुगेर तातो पानीको कुन्डमा स्नान लिइ विश्राम गरे ।

सातौं दिन हेम्जा, घाँसिकुवा जस्ता रमणीय स्थल हुँदै कुरिनटामा दिनको अन्त्य भएको थियो । आठौं दिनको यात्रा गल्छी, बिदुर, शिवपुरी हुँदै बाइकर्स क्याफेमा पुगेर ८ दिनको यात्रा सम्पन्न भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्