आर्क्स ग्रुपद्वारा १८ ओटा जुबाओ ईभी भ्यान स्वयम्भू हारती टूर्सलाई हस्तान्तरण « Arthapath.com
१७ असार २०८२, मंगलबार

आर्क्स ग्रुपद्वारा १८ ओटा जुबाओ ईभी भ्यान स्वयम्भू हारती टूर्सलाई हस्तान्तरण



काठमाडौं । आर्क्स ग्रुप प्रालिले स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई १८ ओटा जुबाओ १४ सिटर इलेक्ट्रिक भ्यानहरु हस्तान्तरण गरेको छ। उक्त भ्यान हस्तान्तरण समारोह काठमाडौंको नागपोखरीस्थित आर्यन्या बुटिक होटलमा एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको हो।

जुबाओ ईभी भ्यान चीनको शान्दोङ कामा अटोमोबाइल म्यानुफ्याक्चरिङ कम्पनीद्वारा निर्माण गरिएको आधुनिक प्रविधियुक्त इलेक्ट्रिक भ्यान हो। विशेषगरी समूह यात्रा, तथा व्यावसायिक यातायातका लागि उपयुक्त मानिने यो गाडी पूर्णरुपमा विद्युतीय (इलेक्ट्रिक) हो, जसले सस्तो सञ्चालन खर्चमा अधिकतम सुविधा र आराम प्रदान गर्छ।

आर्क्स ग्रुपले नेपाली बजारमा ल्याएको जुबाओ भ्यानलाई वातावरणमैत्री, भरपर्दो र दीर्घकालीन यातायात समाधानका रुपमा प्रस्तुत गर्दै आएको छ। कम्पनीका अनुसार, यस भ्यानले यात्रुको अनुभवलाई अझ सहज बनाउनुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपालभर आर्क्स ग्रुपका शाखाहरु विभिन्न 9 स्थानमा सञ्चालनमा छन्, जसमा काठमाडौं, धनगढी, नेपालगञ्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र बिर्तामोड रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्