नेपाल मोबिलिटी एक्स्पोको तयारी पुरा, कुन–कुन ब्रान्डको हुँदैछ प्रदर्शनी ?  « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

नेपाल मोबिलिटी एक्स्पोको तयारी पुरा, कुन–कुन ब्रान्डको हुँदैछ प्रदर्शनी ? 



काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्सपो २०२५ को आयोजनाको तयारी पुरा गरेको छ । 

नाइमाको आयोजनामा हुन लागेको पहिलो एक्पोको लागी मंगलबारनै स्टल बाँडफाँड सम्पन्न गरेको छ । कुल ५० ओटा स्टलमध्ये ४८ ओटा स्टल बाँडफाँड सम्पन्न गरेको संस्थाले जनाएको छ । एक्सपो साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ ।

एक्पोमा कुल ४८ स्टल तोकिएको छ, जसमा २१ वटा चर्चित चार पाङ्ग्रे सवारी ब्रान्डको सहभागिता हुनेछ भने १८ वटा दुई पाङ्ग्रे सवारी ब्रान्ड र ९ वटा व्यावसायिक सवारी साधन ब्रान्डको उपस्थती रहने नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले बताइन् । 

एक्पोमा नेपालमा रहेका अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूको सक्रिय सहभागिताले आफूलाई उत्साही बनाएको अध्यक्ष वैद्यले बताइन् ।  

एक्पोमा चार पाङ्ग्रे सवारी ब्रान्डहरूतर्फ बीवाइडी, सिट्रोएन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, काइयी, केआईए, लीपमोटर, एलइभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा र जेको, प्यूजो, प्रोटोन, रेनो, टोयोटा, फोक्सवागन तथा जीकर रहेका सहभागी हुने छन् । 

यस्तै दुई पाङ्ग्रेतर्फ एम्पेयर, एथर, बजाज, बेनेली, सिएफमोटो, गोगोरो, हुन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याडिया, जिहोलगायत ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ भने व्यावसायिक सवारी साधन ब्रान्डहरू चेरी वान्डा, डोङफेङ, फ्यारीजोन, हुआजी, कामा, क्यारी, किङलङ तथा सनलङ सहभागी हुने बताइएको छ । 

नाइमाले सहभागी सम्पूर्ण ब्रान्डप्रति आभार व्यक्त गर्दै, आम सर्वसाधारणलाई एक्सपोमा सहभागी भई आगामी मोबिलिटी प्रविधिबारे जानकारी लिन सबैलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्