भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरूबीच सहमति « Arthapath.com
२९ असार २०८२, आईतबार

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरूबीच सहमति



काठमाडौं । भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीसम्बन्धी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा संघीय संसद्मा रहेका विपक्षी दलहरूबीच सहमति जुटेको छ।

यस विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बसेको थियो। बैठकमा सहभागी एक नेताले सबै प्रतिपक्षी दलहरू मानव तस्करीको संगठित अपराध स्थायी रूपमा अन्त्य गर्न छानबिन समिति गठन अपरिहार्य रहेको निष्कर्षमा पुगेको जानकारी दिए।

गृहमन्त्रीको राजीनामाको माग गर्दै विपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएका छन्। सत्ता र प्रतिपक्षबीच सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्