बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा २०% सम्मको छुट « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा २०% सम्मको छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई २० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एशियातिक्वले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्