लगानी गर्ने होइन त ? जेठ ९ गतेदेखि आउँदै २० हजार कित्तासम्म भर्न पाइने नयाँ आइपीओ « Arthapath.com
४ असार २०८२, बुधबार

लगानी गर्ने होइन त ? जेठ ९ गतेदेखि आउँदै २० हजार कित्तासम्म भर्न पाइने नयाँ आइपीओ



काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

अब सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको २४ लाख १५ हजार ३०० कित्ता जारी गर्नेछ ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ ।

यसअघि कम्पनीले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका र २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । यता, १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ५८ हजार २०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि बाँडफाँट गरेको थियो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्