एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न



काठमाडौं । एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंकले सभा काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा बोलाएको थियो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।

यसका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको छ । सो सभाले गत कात्तिक २ गते सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालकमा वसौटी–६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्तिको निर्णयलाई अनुमोदन समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्