एनएमबि बैंकले शनिबार पनि सेवा दिने, भोलि कुन-कुन शाखा खुला रहन्छ ? « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

एनएमबि बैंकले शनिबार पनि सेवा दिने, भोलि कुन-कुन शाखा खुला रहन्छ ?



काठमाडौं । पुस ३० गते शनिबार पनि एनएमबि बैंकको शाखा खुल्ला रहने भएको छ । सार्वजनिक बिदाको दिनमा पनि ग्राहकको सुविधालाई ध्यानमा राखेर बैंकले देशका विभिन्न शाखा खुल्ला रहने जनाएको छ ।

बैंकका अनुसार शनिबार सातै प्रदेशका विभिन्न शाखाहरुखुला राखी सेवा दिने बताएको छ । बैंकले प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिमका सम्पूर्ण शाखाहरु खुला रहने जनाएको छ । मधेश प्रदेशमा भने जनकुर, वर्दिवास, गोलबजार, लाहान, निजगढ र विरगंज शाखा खुला रहने जनाएको छ ।

बैंकका बागमती प्रदेशका भने उपत्यकाभित्र सम्पूर्ण शाखाहरु र उपत्याका बाहिर लायन्स चोक, पर्सा, बनेपा, हेटौंडा, कावासोता, गल्छी शाखा खुला रहनेछन् ।

गण्डकीका भने वालिङ्ग, चिप्लेढुंगा, अमरसिंह चोक, भिमाद,सफाइ सडक दमौली, बागलुङ, बन्दिपुर, वेशीशहर, लेकसाइड, बैंक रोड गोरखा,डुम्रे,दुलेगौंडा शाखा खुला रहनेछन् ।

यस्तै, लुम्बिनी प्रदेशका पाल्पा, मुर्गीया, बर्दघाट, फर्साटिकर, सुनवल, मनीग्राम, कोहलपुर, नेपालगंज, भैरहवा, जीतपुर र घोराही शाखा खुल्ला रहने बैंकले जनाएको छ । सातै प्रदेशका यी शाखाहरु बिहान १० बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्