नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ? « Arthapath.com
१ माघ २०७९, आईतवार

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?



काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि (माघ १ गते) लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

नयाँ ब्याजदर अनुसार बैंकले माघ महिनाका बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशत निर्धारण गरेको छ ।

बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेकोछ । यसअघि बैंकको न्यूनतम ७.१३ प्रतिशत र अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर रहेको थियो ।

साथै, बैंकले मुद्दती निक्षेपमा न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म ब्याजदर रहेको छ । बैंकको आधाररेट ९.४५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्