प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता « Arthapath.com
३२ जेष्ठ २०८०, बिहीबार

प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि बीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. द्धारा आयात गरिएको इलेक्ट्रिक भेहिकल खरिद गर्दा बैंकका ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्