एनएमबि बैंकले ल्यायो २० मिलियन अमेरिकी डलर ऋण « Arthapath.com
१२ असार २०८२, बिहीबार

एनएमबि बैंकले ल्यायो २० मिलियन अमेरिकी डलर ऋण



काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । बैंकले हरित वित्त प्रवद्र्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले सो बराबरको ऋण लिएको हो ।

अन्तर्राष्ट्रिय साझेदार एफएमओबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त भएको बैंकले जनाएको छ । बैंक र एफएमओ बीचको साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्न प्राप्त भएको हो । बाँकी रकम भने एमएसएमई विकास र प्रवद्र्धनका लागि प्राप्त भएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्