यामाहा ब्लू फेस्ट सुरु: लगनखेलमा भव्य मोटरसाइकल एक्सचेञ्ज महोत्सव

काठमाडाैं । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे सवारी साधन यामाहा ब्लू फेस्ट सुरु: लगनखेलमा भव्य मोटरसाइकल एक्सचेञ्ज महोत्सव महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजदेखि शुरू भएकाे छ ।
लगनखेल बसपार्कमा एक भव्य उद्घाटन समारोहबीच सुरु गरिएको असार १७ गतेसम्म सञ्चालन हुनेछ। यो विशेष महोत्सवमा जुनसुकै कम्पनीका जुनसुकै मोडलका मोटरसाइकल तथा स्कुटरहरू उत्कृष्ट मूल्याङ्कनसहित साट्न सकिने व्यवस्था गरिएको छ।
साटफेर गर्ने सवारी साधनका लागि न्यूनतम मूल्याङ्कन, नगद छुट, बोनस रकम, निःशुल्क सामानहरू, सडक कर भुक्तान तथा कम ब्याजदरमा बिना ग्यारेन्टर कर्जा सुविधा समेत उपलब्ध गराइएको छ। यामाहा नेपालले विभिन्न आवश्यकता भएका यात्रुहरूका लागि उच्च गुणस्तरयुक्त जापानी प्रविधिमा आधारित सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ।
दैनिक यात्रु, साहसिक यात्राका प्रेमी, वा स्पोर्टी बाइक चाहने सबैका लागि उपयुक्त मोटरसाइकल तथा स्कुटरहरू यामाहाको यस कार्यक्रममा प्रदर्शित छन्।
सस्तो इन्धन खपत हुने रे जेडआर १२५ एफआई हाईब्रिडदेखि लिएर स्टाइल र शक्ति दुवै समेटिएको आर १५ भी ४, दमदार उपस्थिति दिने एमटी–१५ भी २, अफ–रोडका लागि डब्लुआर १५५आर तथा उत्कृष्ट प्रदर्शन दिने एरोक्स १५५ स्कुटरसम्मका सबै मोडलहरू अवलोकन तथा साटफेर गर्न सकिनेछन्।
यो महोत्सव केवल सवारी साधनको किनबेच मात्र नभई आधुनिक प्रविधि, नवप्रवर्तन र सवारी संस्कृतिको उत्सवको रूपमा समेत प्रस्तुत गरिएको छ। यदि तपाईं आफ्नो पुरानो बाइकलाई नयाँ, आधुनिक र शक्तिशाली बाइक वा स्कुटरसँग साट्न चाहनुहुन्छ भने वा केवल रमाइलो अनुभव लिन चाहनुहुन्छ भने यामाहा ब्लू फेस्टमा सहभागिता जनाउनु उपयुक्त हुनेछ।
एमएडब्ल्यू राइड्सको नेतृत्वमा रहेको यामाहा नेपालले सवारी साधन क्षेत्रको स्तरीकरणमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। नयाँ प्रविधि, उत्कृष्ट सेवा, र ग्राहक सन्तुष्टिमा केन्द्रित यामाहाले अब आगामी दिनमा अझ व्यापक पहुँच र गुणस्तरीय सेवा दिने तयारीमा रहेको कम्पनीले जनाएकाे छ ।