यो वर्ष सेयरधनी निराश बनाएको कुमारी बैंकको साधारण सभा आज « Arthapath.com
१० असार २०८२, मंगलबार

यो वर्ष सेयरधनी निराश बनाएको कुमारी बैंकको साधारण सभा आज



काठमाडौं । कुमारी बैंक लिमिटेडको साधारण सभा आज बस्दै छ । यो वर्ष आफ्ना सेयरधनीको हात रित्तो बनाएको बैंकले आइतार सभा बोलाएको हो ।

सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतको एजेन्डा छलफल गरि पारित हुनेछ ।

यस्तै, सभाले चालु आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण समेत गर्नेछ। सभा प्रयोजनार्थ बैंकले गत माघ ९ गते बुक क्लोज गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्