सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.९४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.९४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले आफ्नै संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीका लागि खुला गरेको हो।

हालको अवस्थामा यी शेयरमा मात्रै विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इच्छुक शेयरधनीहरूले ३५ दिनभित्र, काठमाडौँको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

कम्पनीका अनुसार, तोकिएको समयभित्र सबै शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणमा खुला गर्न प्रक्रिया अगाडि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्