सिटिजन इन्भेष्टमेन्ट ट्रष्टबाट बाहिरिदै एनआइसी एशिया बैंक

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टबाट एनआइसी एशिया बाहिरिन लागेको छ । बैंकले ट्रष्टमा रहेको सेयर बिक्री गर्न लागेको हो ।
ट्रष्टमा बैंकको स्वामित्वमा रहेको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयर बिक्री मूल्य भने प्रतिकित्ता ७४० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक योग्य लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।
सो प्रयोजनका लागि आगामी फागुन १४ गते कार्यालय समय भित्र के कति दर भाउमा लिन कबुल गर्ने हो उल्लेख गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन एनआइसी एशिया क्यापिटल ट्रेड टावर थापाथली, बैंकको कर्पोरेट कार्यलय, काठमाडौं शाखा कार्यक्रयहरु, विराटनगर, विरगंज, महेन्द्रपुल पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट बोलपत्र फाराम लिई आवेदन बुझाउन सक्नेछन् ।
सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १९ हजार कित्ता वा सो अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बढी मूल्यमा बोलकबोल गर्ने आवेदनलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।