किन्ने होइन त प्रभु बैंकको ३ लाख ३३ हजार कित्ता संस्थापक सेयर ? « Arthapath.com
८ असार २०८२, आईतबार

किन्ने होइन त प्रभु बैंकको ३ लाख ३३ हजार कित्ता संस्थापक सेयर ?



काठमाडौं । प्रभु बैंकले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । तर, उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आजैका मिति (असार २१ गते) ले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको सो अवधिमा संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा भने अन्य व्यक्ति वा संस्थालाई पनि बिक्री गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्