जिओ पेमेन्ट्स बैंक अब पूर्ण रूपमा मुकेश अम्बानीको स्वामित्वमा « Arthapath.com
२७ असार २०८२, शुक्रबार

जिओ पेमेन्ट्स बैंक अब पूर्ण रूपमा मुकेश अम्बानीको स्वामित्वमा



काडमाडाैं । भारतीय अर्बपति मुकेश अम्बानीले आफ्नो कम्पनी जिओ फाइनान्सियल सर्भिसेज लिमिटेड (जेएफएसएल) मार्फत ठूलो वित्तीय निर्णय लिएका छन्।

कम्पनीले भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इंडिया (एसबिआइ) को जिओ पेमेन्ट्स बैंक लिमिटेडमा रहेको सम्पूर्ण १७.८ प्रतिशत सेयर खरिद गरेको छ।

जेएफएसएलले यस सेयर खरिदका लागि ७ करोड ९० लाख ८० हजार इक्विटी सेयर कूल रु १०४.५४ करोड मा खरिद गरेको हो।

भारतीय रिजर्भ बैंक (आरबिआइ) बाट २०८१ जेठ २२ गते (२०२४ जुन ४) प्राप्त स्वीकृति पश्चात यो कारोबार सम्पन्न भएको कम्पनीले नियामकीय फाइलिङमार्फत जानकारी दिएको छ।

यस सेयर खरिदपछि जिओ पेमेन्ट्स बैंक अब जेएफएसएलको पूर्ण स्वामित्वमा गएको छ। यसअघि जिओ पेमेन्ट्स बैंक जेएफएसएल र एसबिआइ बीचको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस्