एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले भोलि अर्थात् असोज ८ गते बुक क्लोज गर्ने भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंगलबार बुकक्लोज गर्ने भएको हो । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सकिनेछ ।
बैंकले यो वर्षका लागि चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।
सोही प्रस्ताव पारित गर्न बैंकले असोज २० गते आइबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा बोनस सेयर जारीपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुने छ । यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ ।
सोही सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।