एनआइएमबिका ८ जना संस्थापकको झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

एनआइएमबिका ८ जना संस्थापकको झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९० हजार ६५९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आजैका मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

तोकिएको सो अवधिमा विद्यमान संस्थापकहरुले आवेदन नदिएको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्