ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
यद्यपि, के कति संस्थापक सेयर बिक्री गर्न लागेको भने खुलाइएको छैन । संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकाले विद्यमान संस्थापकहरुले नै आवेदन दिनपर्नेछ ।
के कति सेयर खरिद गर्ने हो भन्ने बारे बैंकको केन्द्रिय कार्यालय कमलदाीमा सम्पर्क गर्न सकिने छ । आवेदन ३५ दिनभित्र दिनुपर्नेछ।