लाभांश पारित गर्न नेपाल एसबिआई बैंकले बोलायो वार्षिक साधारणसभा
काठमाडौं । नेपाल एसबिआई बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकको ३१ औँ वार्षिक साधारणसभा आगामी पुस २१ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ६.८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पातिर गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


















