नेपाली बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा आएको छ : सुनिल केसी

काठमाडौं। नेपाल बैंकर्स एसोसियनका निवर्तमान अध्यक्ष सुनिल केसीले नेपाली बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा आएको बताएका छन्। संघको वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन ।
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत ( सीईओ) समेत रहेका केसीले चार दशक लामो इतिहासमै नेपाली बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा आएको बताए ।
मुलुकमा राजनीति अस्थिरताका पनि बैंकिङ क्षेत्रले विभिन्न चुनौती पार गर्नु परेको उनको भनाइ छ । ‘नेपाली बैंकिंग क्षेत्रले चार दशकको लामो यात्राकै चुनौती पूर्ण अवस्थामा आएको छ । आर्थिक शिथिलता र राजनैतिक अस्थिरताका कारण चुनौति पूर्ण मोडमा आएको छ’ उनले भने ।
यद्यपि विभिन्न सकारात्मक प्रगति हासिल गरेको उनको भनाई छ। उनले भने,’हामी बिच थुप्रै चुनौती रहेपनि नेपाली बैंकिङ क्षेत्रले दक्षिण एसिया मै उत्कृष्ट प्रगति हासिल गरेका छौँ।,’
आर्थिक गतिविधि चलायमान नहुँदा पनि कर्जाको माग न्यून रहेको अवस्था छ ।
बैंकिङ सेक्टर भइरहेको धरकपट पनि बैंकहरु संकटमा परेको उनको भनाइ छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्मचारी समेत छोड्दै जाने प्रवृत्ति बढेकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘कर्मचारी विदेश पलायन हुने गरेको छ । जसले गर्दा बैक झनै समस्या आइपरेको छ’ उनले भने ।