मानव तस्कर गिरोहसँग साँठगाँठ रहेको आशंकामा गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ « Arthapath.com
३२ असार २०८२, बुधबार

मानव तस्कर गिरोहसँग साँठगाँठ रहेको आशंकामा गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ



काठमाडाैं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । मंगलबार बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराईलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले अध्यागमन कार्यालयको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा छापा मारेपछि उनी पक्राउ परेका हुन् ।

कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख भट्टराईलाई अख्तियारले बुधबार पक्राउ गरेको हो ।

यस अघि यनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।अध्यागमन प्रमुखलाई हटाएर आजै मात्रै गृहमन्त्री रमेश लेखकले कर्मचारीको हेरफेर गरेका थिए ।

भट्टराईको मोबाइल समेत जफत गरेर उनीमाथी विस्तृत अनुसन्धान हुन्छ भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्