कृषि विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश रहेको छ।
साथै बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।