कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले लेखा परीक्षण प्रतिवेदन सहित गत आवको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पनि पारित गरेको छ ।

यसका साथै चालु आव २०८१–८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्