चेपाङ समुदायलाई नेपाल एसबिआई बैंकले दियो खाद्य सामाग्री

काठमाडौं । नेपाल एसबिआई बैंकले चेपाङ समुदायलाई खाद्य सामाग्री वितरण गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाद्य सामाग्री वितरण गरेको हो ।
बैंकका बागमति प्रदेश प्रमुख सुशिल राज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बैंकले बिपन्न तथा पिछडिएका बर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।