दिलभूषण पाठकलाई २५,००० धरौटीमा छाड्न काठमाडाैं जिल्ला अदालतकाे आदेश

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै बिहीबार अदालत उपस्थित भएका उनलाई न्यायाधीश खेमराज भट्टको इजलासले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
युट्युब मार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।
उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो भने उच्च अदालत पाटनले पक्राउ नगर्न आदेश दिएको थियो।