३ जिल्लाका ७ वटा शाखा समायोजन गर्दै सिद्धार्थ बैंक « Arthapath.com
१९ असार २०८३, शुक्रबार

३ जिल्लाका ७ वटा शाखा समायोजन गर्दै सिद्धार्थ बैंक



काठमाडौं । सिद्धार्थ बैंकले काठमाडाैं, ललितपुर र पाेखरा गरि ३ जिल्लाका सातवटा शाखा शाखा कार्यालय समायोजन गर्ने तयारी गरेकाे छ।

बैंकले एक सूचना जारी गर्दै काठमाडौंका ३, ललितपुरकाे १ र पोखराको ३ वटा शाखा कार्यालय समायोजन गर्न लागेको जानकारी दिएकाे हाे ।

बैंकले काठमाडौंस्थित कालोपुल-चाबहिल, कुलेश्वर-कालिमाटी, नरदेवी-पुतलीसडक शाखा कार्यालयमा गाभ्न लागेको हाे ।

यसैगरी ललितपुरको जावलाखेल शाखा कार्यालय बी एण्ड बी शाखा कार्यालयमा र पोखराको चिप्लेढुंगा-बुद्धचोक शाखा कार्यालय पोखरा सभागृहस्थित शाखा कार्यालयमा र बगरस्थित शाखा कार्यालय पस्र्याङस्थित शाखा कार्यालयमा गाभ्न लागेको हो।

स्थानान्तरित शाखा कार्यालयबाट साउन १ गतेदेखि एकीकृत कारोबार गरिने बैंकले जनाएको छ।

लकर समेत स्थानान्तरण हुने भएकाले टुटफुट हुने सामग्री भएमा असार २६ गतेसम्म लकरबाट निकालिसक्न ग्राहकलाई आग्रह समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्