माछापुच्छ्रे बैंकको ११ प्रतिशत नगद ५ प्रतिशत बोनस सेयर « Arthapath.com
११ भाद्र २०७६, बुधबार

माछापुच्छ्रे बैंकको ११ प्रतिशत नगद ५ प्रतिशत बोनस सेयर



काठमाडौं । माछापुच्छ«े बैंक लिमिटेडले ११ प्रतिसत नगद तथा ५ प्रतिसत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७५÷७६को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चूक्ता पूँजीको१६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्रश्चात आगामि बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रति सेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपंैया संचित छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । बैंकले सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय ३६ वटा शाखाहरु र १ सय २१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ५७ स्थानवाट ग्राहकहरुलाई सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १ सय ५७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्