माण्डु हाइड्रोपावरद्वारा लाभांश घोषणा: १० प्रतिशत बोनस शेयर दिने
काठमाडाैं। माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीबाट लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो।
बैठकको निर्णय अनुसार शेयरधनीहरूले १० प्रतिशतका दरले बोनस शेयर प्राप्त गर्नेछन्। यसका साथै, सो बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.५२६३ प्रतिशत नगद लाभांश समेत उपलब्ध गराउने भएको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत हुन बाँकी छ। आयोगको स्वीकृति पाइसकेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्रै शेयरधनीहरूले उक्त लाभांश पाउनेछन्।













