सिईओबाट हटे बोर्डमा जाउँला

अशोक राणा, सिईओ, हिमालयन बैंक लि.
ब्याजदर बढ्ने कुरा छैन, हामी सहमतीमै छौं
हिमालयन बैंकलाई मर्ज गर्नुपर्ने जरुरी छैन
अहिले बैंकहरुमा तरलताको संकट बढेको हो ?
त्यस्तै देखिएको छ । अस्ती बैंकर्स एसोसियसनको बैठकमा पनि त्यस्तै कुरा भएको थियो । अहिले बैंकहरुको एभ्रेज सिडि रेस्यो ७९ पुगेको छ भन्दैछन । राष्ट्र बैंकको रिपोर्ट हेर्दा लेण्डिङ बढेको देखिन्छ ।
यस्तो भएपछि दशैपछि बैंकहरुले लोन नै दिन नसक्ने हुन् ?
त्यस्तो त हुँदैन तर कति कमिटमेन्ट गरेका छन बैंकहरुले त्यो आफु आफुले म्यानेज गर्ने कुरा हो । अहिले अलि टाइट चाँही देखिएको छ । अहिले क्यास गइरहेको छ दशैंपछि फेरी फर्किन पनि सक्छ । प्रधानमन्त्रीले पनि मन्त्रालयले समयमै विकास निर्माणमा ताकेता गर्नु भएको छ । समयमै खर्च हुने अपेक्षा गर्न सकिन्छ । यसबाट इस्पेण्डिङ बढ्छ कि ।
सेकेण्ड क्वाटरपछि ब्याजदर बढ्छ ?
ब्याजदर बढ्ने कुरा छैन, हामी सहमतीमै छौं । गर्भनरज्युले पनि सहमती राम्रोसँग कार्यन्वयन गर्नु नत्र समस्या आउँछ भन्नुभएको छ ।
नेपालका बैंकहरु ह्याकरको टाग्रेडमा छन भनिन्छ नि ?
यस्तो ह्याकरको समस्या त जहाँ पनि छ नि । विश्वमै यस्ता समस्या आएको कुरा हामी समाचारहरुमा पनि आइरहेकै हुन्छ । युरोपतिरका कति एडभान्स टेक्नोलोजी भएकाहरुमा पनि ह्याक भैरहेको हुन्छ । आफुले वेष्ट प्राक्टीस र सेक्युरेटीमा इन्भेष्टमेन्ट गरेर बस्नु राम्रो हुन्छ ।
नेपालको बैंकहरुको सेक्युरेटी स्टम कमजोर हो ?
मलाई त्यस्तो लाग्दैन । नेप्समा समस्या आएको हो अहिलेसम्म बैंक त ह्याक भएका छैनन नि । नेप्स त बैंकको सहायक कम्पनी हो ।
एटीएम बुथमा सुरक्षा गार्ड राखेर संभव छ ?
त्यो संभव छैन । हाम्रो बैंकको नै झण्डै १ करोड कष्ट बढ्छ । लेभर एक्टको सहमतीले गर्दा एउटा गार्डलाई २४ हजार जति पर्छ । एउटा बुथमा ३ जना गार्ड चाहिन्छ २४ घण्टाको लागी । हामी हेरिरहेका छौं, बैंकहरुलेनै लुटेरा पत्ता लगाएर रिपोर्ट गरिराखेका छन ।
आईटीमा बैंकहरुले लगानी गरेनन् भनेर गर्भनरले पनि भने, बैंकहरुले लगानीनै नगरेका हुन त ?
कतीले के गरे थाहा भएन, पैसामात्र खर्च गरेर हुने कुरा होइन यो । वेष्ट प्राक्टिस हुनुप¥यो । पहिले पहिले आईटी पोलिसि बनाएर पुग्थ्यो कार्यन्वयन हुनुप¥यो । पैसामात्र फालेर समस्याको समाथान हुँदैन ।
आईटीमा बैंकहरुले लगानी गर्न नसकेको कि नचाहेका हुन ?
किन गरेनन् थाहा भएन हामीलेचाँही गरेका छौं । आईटिमा केही कमजोरी छ होला, रिक्स कसरी मिनीमाइज गर्ने भन्ने भन्नेतिर लागिरहेका छौं । सबै बैंकहरुलाई उत्तिकै चासो छ नि खर्चनै नगरी बसेका त छैनन । खाली वेष्ट प्राक्टिस फलो गरेको छ छैन त्यो अडिटबाटै थाहा हुन्छ । नेप्सको ह्याकपछि बैंकका म्यानेजमेन्टमा चेतना आउनुप¥यो ।
हिमालयन बैंकबाट पनि पहिले पैसा चोरिएको थियो नि ?
छैन, ८÷९ वर्ष पहिले चोरी भएको थियो त्यै सबै रिकभरी भैसक्यो । हाम्रो अरु बैंकभन्दा सबैभन्दा शुरक्षित छ जस्तो लाग्छ । हामीले धेरै स्टमहरु हालेका छौं, के के प्रविधि अपनाएका छौं भन्न पनि मिल्दैन र मिडियाले सहजै बुझ्न पनि सक्दैनन् । अरु बैंकभन्दा हामी सुरक्षित छौं ।
अरु बैंकले कुनै न कुनै संस्था मर्ज गरे हिमालयनले अहिलेसम्म कुनैपनि संस्थालाई मर्ज गरेन किन ?
हिमालयन बैंकलाई मर्ज गर्नुपर्ने जरुरी छैन । हिमालयन बैंकले कुनैपनि संस्था मर्ज गर्दैन । हामीलाई कुनैपनि प्रेशर छैन ।
बाफिया पास हुन्छ ?
बाफियाचाँही हेर्नुपर्छ । बाफियामा १/२ ओटा प्रावधानले हामीलाई पनि अफ्टेरो परेको छ । डाइरेक्टर बोर्डको विषयले समस्या पार्न सक्छ । सबै बोर्ड एकैपटक रिटायर्ड भएभने त राम्रो भएन नि ?
सिईओ पनि रिटायर्ड हुने भयो होइन ?
सिईओ त अर्को आइहाल्छ । बोर्डनै रिटायर्ड भयो भने कसरी म्यानेज हुन्छ । यो विषयमा कुरा भैरहेको छ । पेडअप भन्दा बढी वरो गर्न नपाउने कुरा पनि छ । त्यस्तै सेपरेट गर्ने भए भन्नुप¥यो ।
बाफिया करेक्सन हुन्छ त ?
हुन सक्छ कुरा त भैरहेको छ । हामीलाई थाहा हुनुप¥यो को बोर्डमा रहन्छ रहदैन । त्यै अनुसार लङट्रम प्लानिङ गर्न सजिलो हुन्छ । राष्ट्र बैंकले प्रष्ट भन्नुपर्छ अनी हामी त्यै अनुसार काम गछौं ।
२ कार्यकालको प्रावधानले तपाई पनि हट्नुपर्ने भयो हैन ?
ठिकै छ संसदबाट पास भएर लागुभएपछि हट्नुपर्छ । सिईओबाट हटे बोर्डमा जाउँला नि ।
२ प्रतिसत बफर क्यापिटल चार्जले डिभिडेन्ट बाड्न नपाइने भयो होइन ?
योचाँही अलि अफ्टेरो छ । यसलाई टोटल क्यापिटलमा काउन्ट गर्दैन भन्ने छ । बैंकर एसोसिएसनले पनि यो कुरा धेरै गरेको छैन । हामी टोटल क्यापिटलमा काउन्ट हुनछ भनेका थियौं । अहिले हेर्दा छैन रैछ हिमालयन बैंकले राष्ट्र बैंकसँग क्लियरीफिकेसन मागिरहेका छौं । यो मर्जको लागी ल्याइएको हो की भनेर । सबै जनाको उहि क्यापिटल छ भने मर्ज गरे पनि पुग्दैन । किन गरेको भनेर कन्फीयुजमा छौं ।
हिमालयन बैंकको नयाँ प्लानिङ के छ ?
हामीले लाहानमा ६२औं साखा खोल्यौं । अव अरु ३ ओटा नयाँ साखा खोल्दै छौं । अझै हाम्रो साखा कम भयो अरु बैंकको तुलनामा । हामीहरेक वर्ष खोल्ने साखाको अनुपातमै खोलिरहेका छौं । अरुले अन्धाधुन्द साखा खोले भनेर हामी पनि तयै गर्दैनों ।