मर्चेन्ट बैंकिङमा कर्मचारी तानातान, आरविविमा प्याकुरेलले मारे बाजी « Arthapath.com
१ कार्तिक २०७६, शुक्रबार

मर्चेन्ट बैंकिङमा कर्मचारी तानातान, आरविविमा प्याकुरेलले मारे बाजी



काठमाडौं । पछिल्लो समय मर्चेन्ट बैंकिङको संख्या बढ्दै गएपछि कर्मचारी तानातान सुरु भएको छ । सबै जसो बाणिज्य बैंकले मर्चेन्ट बैंकिङ कारोवार सुरुगरेपछि बजारमा दक्ष कर्मचारी अभाव देखिएको हो ।
अहिले नयाँ खुलेका मर्चेन्ट बैंकहरुले बैंककै सेयर विभागमा रहेका कर्मचारीबाट चलाउँदै आएका छन । सेयर बजारनै सुस्ताएको र नयाँ आईपिओ पनि आउनेक्रम बन्दजस्तै भएपछि मचेन्ट बैंकहरु एक अर्काको विजनेश खोसाखोसमा लागेका छन । त्यतीमात्र होइन बजारमा दक्ष म्यानपावरको अभाव खड्किएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेललाई नियुक्त गरिएको छ । आरविवि मर्चेन्ट बैंंकिङ्गले गत अषेज १८ गते खुल्ला प्रतिस्प्रर्धाबाट सिईओ नियुक्तीको लागी विज्ञापन गरेको थियो ।
यही कात्तिक १ गते शुक्रबार देखी प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले कार्यधार सम्हालेका छन । प्याकुरेलले एक समारोहका बीच पदबहाली गर्नुभएको छ । प्याकुरेलकोे अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूंजी बजारमा पन्ध्र वर्ष भन्दा बढिको अनुभव रहेको छ ।
उनि यस अघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं आरविवि मर्चेन्ट बैंकिङ्गका संचालक केशबप्रसाद लम्सालले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए ।
हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंदा दूर दराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले बताए । आरविवि मर्चेन्ट बैंकिङ्गको हाल २० करोड चुक्तापूंजी रहेको छ ।
सो समारोहमा रा.वा. बैंकका मूख्य प्रबन्धक एवं संचालक पवन रेग्मी, रा.वा. बैंकका मूख्य प्रबन्धक एवं आरविवि मर्चेन्ट बैंकिङ्गका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्