आरएमडिसी लघुबित्तले २५ लाभांश दिने « Arthapath.com
७ कार्तिक २०७६, बिहीबार

आरएमडिसी लघुबित्तले २५ लाभांश दिने



काठमाडौं । आरएमडीसी लघुबित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २५ प्रतिसत लाभांस दिने घोषणा गरेको छ । यो लाभांस गत वर्षहरुको भन्दा बढी हो ।
आरएमडिसीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको हो । जसमा उसले १२.५ प्रतिशत बोनस शेयर र १२.५ प्रतिशत नै नगद लाभांश दिने बताएको छ ।
आरएमडिसीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिसत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको चुक्ता पुँजी ७९ करोड ३९ लाख रुपैयाँ रहेको छ । उसले जगेडा कोषमा एक अर्व ६१ करोड रुपैयाँ रहेको छ । गत आवमा संस्थाले ३३ करोड २४ लाख रुपैयाँ नाफा गरे र प्रति सेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा बनाउन सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्