एनआईबिएल एस क्यापिटल लिमिटेडको शाखा पुतलीसडकमा « Arthapath.com
२४ कार्तिक २०७६, आईतवार

एनआईबिएल एस क्यापिटल लिमिटेडको शाखा पुतलीसडकमा



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरवार, काठमाडौं शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरिएको छ । आइतबारदेखी साखा पूर्ण रुपमा सञ्चालनमा आएको छ । आजैबाट लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु यस नयाँ शाखाबाट हुने भएकोले कम्पनीले जानकारी गराएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनीले अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका तथा सामूहिक लगानी कोष सेवाहरु विभिन्न संस्थाहरुलाई प्रदान गर्दै आएको छ ।
आफ्ना ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्ये नजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्ने जनाएको छ । यस कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत यस कम्पनीको पुतलिसडक, काठमाडौं; लगनखेल, ललितपुर; चिप्लेढुङ्गा, पोखरा; विरगंज; विराटनगर; र बुटवल शाखाबाट विभिन्न सेवाहरु उपलव्ध गराईरहेकोमा यस शाखाबाट निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरु सहित सम्पूर्ण सेवाहरु प्रदान गरिने हुनाले ग्राहकहरुलाई थप सहज हुने विश्वास लिईएको छ ।


प्रतिक्रिया दिनुहोस्