देवः विकास बैंकको कावासोती र धादिङ्गवेशी शाखा उद्घाटन « Arthapath.com
१३ मंसिर २०७६, शुक्रबार

देवः विकास बैंकको कावासोती र धादिङ्गवेशी शाखा उद्घाटन



काठमाडौं । देवः विकास बैंक लि.को कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा संचालनमा आएको कावासोती शाखा कार्यालयको बुधबार उद्घाटन गरिएको छ ।
साखाको बैंक संचालक समितिका सदस्य सुदन रत्न बज्राचार्यल गरे । कार्यक्रममा आप्mनो ममन्तव्य राख्नु हुँदै संचालक बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको जानकारी गराउन भयो । यस शाखा कार्यालयको स्थापनाबाट अझ सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न बैंक अग्रसर रहेकोले सेवाग्राहीहरु थप लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुषालले बैंक साना तथा मझौला व्यवसायमा केन्द्रित रहने जानकारी गराउनु भयो ।
कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराम पोखरेलले देवः विकास बैंक नवलपुर जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाएकोमा शुभकामना व्यक्त गरे । उनले उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न सुझाव दिनु भयो ।
यसै गरी, देवः विकास बैंकको नीलकण्ठ नगरपालिका, वडा नं ३ स्थित धादिङ्गवेशीमा संचालनमा आएको धादिङ्गवेशी शाखा कार्यालयको विहिबार उद्घाटन गरिएको छ । साखाको संचालक समितिका सदस्य विजयराज शर्मा भुषालले गरे ।


प्रतिक्रिया दिनुहोस्