पुर्वाधार विकास बैंकले ८ अर्वको सेयर निष्काशन गर्दै « Arthapath.com
२१ माघ २०७६, मंगलवार

पुर्वाधार विकास बैंकले ८ अर्वको सेयर निष्काशन गर्दै



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ अर्व रुपैया बराबरको रु.१०० अंकित दले ८ करोड कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको छ । जसमा शेयर तथा धितोपत्र प्रत्याभुतिको लागि नागरिक लगानी कोषलाई प्रत्याभुतिकर्तामा नियुक्त गरेको छ ।
नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले प्रत्याभुति सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल इन्फ्रास्ट्रचर बैंकमा नेपाल सरकारको लगानी रहेको नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । बैंकले जारि गरेको सार्वजनिक निष्काशन देशकै ठूलो सार्वजनिक निष्काशन बन्ने भएको छ ।
हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकसंग अधिकृत पूँजी रु.४० अर्व, जारी पूँजी रु.२० अर्व र चुक्ता पूँजी रु.१२ अर्व रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी रु.२० अर्व हुने बैंकले जनाएको छ ।
२०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो । गत बर्ष फागुन २२ बाट नै यसले बैंकिङ्ग कारोबार शुुभारम्भ गरेको थियो ।
जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्