भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको ए.टि.एम.सेवा शुरु « Arthapath.com
२२ माघ २०७६, बुधबार

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको ए.टि.एम.सेवा शुरु



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा ए.टि.एम.सेवा संचालनमा ल्याएको छ । महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा ए.टि.एम.सेवा संचालनमा ल्याएको हो ।

ए.टि.एम.सेवा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच उद्घाटन गरेका हुन् । नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने मेयर प्रजापतिले बताए

ए.टि.एम.सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच समुद्घाटन गर्नु हुंदै नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने र ए.टि.एम. सेवा चौबीसै घण्टा उपलब्ध हुने जनाए । ३ न. प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई संचालन शाखा कार्यालय सुर्यविनायकका प्रबन्धक मुरारीप्रसाद दंगालले गरेका हुन् । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य रोखेका थिए ।

सो समारोहमा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछाने, प्रहरी उपरिक्षक सविन प्रधान, नेपाली सेनाका गणपति शिवप्रसाद पौडेल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ, सशत्र प्रहरी उपरिक्षक विश्वकुमार भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, बैंकका उप कार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरु रिको स्थापित, सरोज बस्नेत, सहायक प्रबन्धक लुज श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले हाल ७७ जिल्लामा रहेको २ सय ३८ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्