प्रभु बैंकका ३ वटा शाखा एकैसाथ सञ्चालनमा « Arthapath.com
२२ माघ २०७६, बुधबार

प्रभु बैंकका ३ वटा शाखा एकैसाथ सञ्चालनमा



काठमाडौं । प्रभु बैंकले थप शाखा सञ्जाल सहित आफ्नो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्कीको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बुधबार विहान ११ बजे पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले, पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेख बहादुर तामाङ्गले र पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले विशेष कार्यक्रमका विच उद्घामटन गरेका हुन् ।

बैंकका शाखा कार्यालयहरु उद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथीहरुले पोखरा महानगरपालिका आप्mनो थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच विस्तार गरि सेवालाई थप सहज बनाउनुपर्ने बताएका छन् ।

अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रभु बैंकको प्रंशसा समेत गरेका छन् । स्थानीयहरुको समेत आर्थिक कारोबार बैंकिङ्ग प्रणाली मार्पmत् हुनेमा उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

प्रभु बैंकको शाखा विस्तार गर्नेक्रममा पोखरा महानगरपालिकाकामा सञ्चालनमा आएका ३ वटा शाखासहित २ सय ८ शाखा कार्यालय पुगेका छन् ।
हालसम्म बैंकले १५७ वटा ब्त्ः, ४३ वटा एक्स्टेन्सन काउण्टर र देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् ।

बुधबारदेखि सञ्चालनमा आएका पोखरा महानगरपालिकास्थित हरिचोक शाखा कार्यालय, अर्घौँचोक शाखा कार्यालय र बाँझापाटन शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन भने समग्र पोखरा महानगरपालिकको आर्थिक विकासमा टेवा पुग्न बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्