एन आई सी एशिया बैंकको नयाँ वेबसाइट सञ्चालनमा « Artha Path
२४ माघ २०७६, शुक्रबार

एन आई सी एशिया बैंकको नयाँ वेबसाइट सञ्चालनमा



काठमाडौं ।  एन आई सी एशिया बैंकले सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यका साथ डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै नयाँ वेबसाइट सार्वजनिक गरेको छ । आकर्षक शैलीको आवरण भएको नयाँ वेबसाइटमा नेपाली भाषामा समेत उपलब्ध गराइएको छ ।

नेपाली भाषामा बैंकका सूचनाहरु उक्त वेबसाइटबाट प्राप्त गर्न सकिने छ । गूगल म्याप लाई समेत संलग्न गरिएकोले उक्त वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिन्छ ।

बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने, पसल तथा ब्यवसायीको स्थानको पहिचान समेत गर्न सकिने, वेबसाईटलाई मोबाइलबाट पनि चलाउन मिल्ने भएकाले जुनसुकै स्थानबाट स्मार्टफोन मार्फत वेबसाइट चलाउन सकिने, वेबसाईट बाटै खाता खोल्न सकिने र चौबीसै घण्टा “साथी“ च्याटबट वेबसाईटमै उपलब्ध रहेको छ्र । वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचना (बभिचत) मार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको तथा आफुलाई मनपरेका जानकारी र सुचना सामाजिक सन्जालमा सेयर गर्न सकिने गरी ब्यवस्था मिलाईएको छ्र । प्रयोगकर्ताको डाटा सुरक्षाको लागीे बिशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको छ्र ।

www.nicasiabank.com मार्फत प्रयोगकर्तालाई नविन अनुभुती प्रदान गर्दै बैंकका लागि डिजिटाइजेसनमा अर्को कोशेढुङ्गा सिद्घ हुने विश्वास बैंकले लिएको छ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजीटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङ्गको अभ्यासलाई थप टेवा पुग्ने विश्वास लिएको छ र ग्राहकलाई बैंकको बारेमा जानकारी लिन वा सेवा उपभोग गर्न अत्यन्त सहज हुने कुरामा पूर्ण विश्वस्त रहेको छ ।

मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ४१ एटिएम, १ सय ४ वटा एक्स्टेन्सन काउण्टर एवं ५० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक रहेका छन् ।

बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्