रन्जना लिपिमा सिभिल बैंकको भीमसेनस्थान शाखा सञ्चालन « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

रन्जना लिपिमा सिभिल बैंकको भीमसेनस्थान शाखा सञ्चालन



काठमाडौं । सिभिल बैंक को भीमसेनस्थान शाखा सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आज एक कार्यक्रमकाविच शाखाको उद्घाटन गरे
गभर्नर चिन्तामणिले नेपालबाट बिदेशिएको जनशक्तिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुर्याएमा मात्रै देश समृद्ध बन्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिए । आफुले बैंकलाइ आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाए । स्थनिय अर्थतन्त्र उकास्नको लागी ब्यापार–ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी दत्तचित्त भएर काम गर्ने बताए ।

सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले सिभिल बैंक समाजसंग निकट भएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचय पाटी देखि लिएर उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए ।

उद्घाटनको अवसरमा अध्यक्ष इ. इच्छा राज तामाङ्गले परोपकार आदर्श मा. बि.को कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सि.यस.आर. प्रोग्राम अन्तर्गत मासिक रु ३००० का दरले १ वर्षको जम्मा रु ३६००० को आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे ।

साथै का.म.पा. वडा नं २० का सर्वाधिक ज्येष्ठ नागरीक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएकाले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बागमती प्रदेशका प्रमुख भोला बहादुर बिस्ट र शाखा प्रबन्धक प्रदीप हमाल घरमै गई दोसल्ला ओढाएर सम्मान गरेका थिए भने आशीर्वाद पनि ग्रहण गरेका थिए ।

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङ्ग्, सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, सिभिल बैंकका चिफ क्रेडिट अफिसर सचिन जङ्ग रायमाझी, सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोला बहादुर विष्ट लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु रहेका छन । रु ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु ५० अर्व कर्जा लगानी गरेको छ । देशभर १ सय ६ शाखाहरु, २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टर बाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्