राष्ट्रिय वाणिज्य बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले १२ प्रतिशत नगद लाभांशसहितको आ.व. २०७५÷०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । सरकारको समेत स्वामित्व रहेको बैंकले विगत देखिनै सरकारी नीति तथा कार्यक्रमहरुको कार्यन्वयनमा प्राथमिकताका साथ सहकार्य गरिरेहको उनले बताए ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन माथी शेयरधनिहरु अमृतनाथ रेग्मी र दामोदर प्रसाद रेग्मी, डमरु बल्लभ घिमिरे, राजेश शाक्य र रामगोपाल महर्जनले टिप्पणी गरेका थिए । साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण समेत राखे ।

बैंकका संचालक समितिका सदस्यहरु धनिराम शर्मा, जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी र केशसबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल र विभागीय प्रमुखहरु, लेखापरिक्षक, सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्षहरु लगायतकोे उपस्थिती रहेको थियो ।

साभारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए । बैंकको हाल ७७ जिल्लामा २ सय ३९ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्