सम्पत्ति सुद्धिकरण ऐन उल्लघंन गरेको भन्दै सिटिजन बैंक माथि राष्ट्र बैंकको कारवार्ही « Arthapath.com
२६ माघ २०७६, आईतवार

सम्पत्ति सुद्धिकरण ऐन उल्लघंन गरेको भन्दै सिटिजन बैंक माथि राष्ट्र बैंकको कारवार्ही



काठमाडौं । सिटिजन्स बैंकलाई राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कारबाही गरेको छ । बिग्रिएका साना फाइनान्स कम्पनीहरूलाई धमाधम व्यक्तिगत फाइदा लिँदै गाभ्दै गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी ऐन र निर्देशन उल्लघंन गरेको भन्दै सिटिजन्स बकंैलाई राष्ट्र बैंकले नगद जरिवानासहितको कारबाही गरेको हो ।

राष्ट्र बैंकले सिटिजन्सलाई २० लाख रुपैयाँ तिराइएको छ । बैंकले यो निर्देशनको उल्लंघन पहिलोपटक गरेका कारण थोरै जरिवाना तिराइएको जनाइएको छ ।

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था उल्लंघन गर्दा ५ लाखदेखि १० करोडसम्म जरिवाना हुन्छ । पहिलोपटक भएकाले उसको गल्तीको मात्राअनुसार २० लाखमात्र तिराइएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । आगामी दिनमा यही गल्ती दोहो¥याए ठूलो रकम जरिवाना हुनेछ ।


प्रतिक्रिया दिनुहोस्