ग्लोबल आइएमई बैंकको ६ महिनामा खुद मुनाफा २ अर्व १४ करोड « Arthapath.com
२६ माघ २०७६, आईतवार

ग्लोबल आइएमई बैंकको ६ महिनामा खुद मुनाफा २ अर्व १४ करोड



काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफामा साविकको जनता बैंक नेपालको २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मंसिर २० गते देखि एकिकृत कारोबार शुरु भएको थियो ।

मर्जर पश्चात् ग्लोबल आइएमई बैंक पूँजी तथा व्यवसायको हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । हाल बैंकको प्राथमिक पूँजी २४ अर्व ८७ करोड, कुल पूँजी रु. २८ अर्व १६ करोड, कुल निक्षेप २ खर्व १३ अर्व र कर्जा तथा ऋण लगानी १ खर्व ९८ करोड भन्दा बढी पुगेको छ ।

बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना ८ सय १७ शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले २ सय ७० शाखा, २ सय ५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र २ सय ४९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको र यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखा सहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्