बैंक अफ काठमाण्डू ग्राहकको खातामा रु १०० उपलब्ध हुने « Arthapath.com
२६ माघ २०७६, आईतवार

बैंक अफ काठमाण्डू ग्राहकको खातामा रु १०० उपलब्ध हुने



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो खातालाई ConnectIPS मा पहिलो पटक रजिष्ट्रेशन गर्दा रु १०० खातामा उपलब्ध गराउने सहमती भएको छ । बैंकका ग्राहकले ConnectIPS मा आफ्ना खातालाई पहिलो पटक link गरी बैंकबाट Verify पश्चात् ग्राहकको आफ्नै खातामा रु १०० जम्मा हुने छ । ग्राहकले ConnectIPS मा रजिस्ट्रेशन पश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको सजिलै उपयोग गर्न सक्नुहुने जानकारी बैंकले गराएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्