बाफियमा बैंक संचालकपछि गभर्नरको पनि उमेर हद तोकिँदै, सिईओको कार्यकाल गणनामा लविङ सुरु « Arthapath.com
२७ माघ २०७६, सोमबार

बाफियमा बैंक संचालकपछि गभर्नरको पनि उमेर हद तोकिँदै, सिईओको कार्यकाल गणनामा लविङ सुरु



काठमाडौं । अव नेपाल राष्ट्र बैंकको गभर्नर हुन ६५ वर्ष पछिकाले नपाउने भएको छ । पहिलोपल्ट बैंकका प्रमुख कार्याकारी अधिकृत र बैंक संचालकको मात्रै उमेर हद बाफियामा संसोधन गरेर संसदमा राष्ट्र बैंकले पठाएको थियो ।
अव नेपाल राष्ट्र बैंकको गभर्नर बन्न ६५ वर्ष ननाघेको हुनेपर्ने व्यवस्था फफियामा उल्लेख भएको छ । संसदमा पेश भएको बैंक तथा वित्तिय संस्था संबन्धी विधेयकमा बैंकको संचालक र सिईओमो मात्रै उमेर हदको व्यवस्था थियो । यसमा गर्भनको समेत थप भएको एक सांसदले बताएका छन । अव राष्ट्र बैंकको संचालक डेपुटी गभर्नरको समेत उमेर हद तोकिने भएको छ ।
अर्थ मन्त्रालयले बाफियाको दफा २२ लाई संशोधन गर्दै राष्ट्र बैंकको गभर्नरदेखी संचालक सम्मको उमेर हद तोकिएको हो । अव गर्भनर तथा संचालक बन्न ३५ वर्ष पुराभई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
राष्ट्र बैंकको नयाँ गभर्नरको दौडमा केही व्यक्तिहरु रहेको अवस्थामा उमेर हद आउनुले केही उम्मेद्वार बाहिरिने अवस्था आउनेछ । अव राष्ट्र बैंकको गभर्नर र डेपुटी गभर्नरको सिफारिस हुन ६० वर्ष भित्रैको हुनुपर्नेछ ।

बैंकका सिईओहरुको उमेरहद तोकिएपछि सो संस्थालाई नियमन गर्ने निकाय राष्ट्र बैंकको संचालक गभर्नर तथा डेपुटीको पनि उमेर तोक्नुपर्ने आवाज उठेको थियो । अवको ६० दिनमा पारित हुने विधेयकमा बैंकको संचालक र सिईओको उमेरहद लागु हुनेछ । अहिले कैही बैंकका सिईओ र संचालकले अदालतबाट स्टेअडर ल्याएर काम गरिरहेका छन ।

बैंकको संचालकको कार्यकाल तथा उमेर तोक्न नहुने भन्दै बैंकका संचालकहरुको संस्थाले सार्वजनिक रुपमै विरोध जनाइसकेको छ । उता बैंकका सिईओको कार्यकालको संदर्भमा पनि संसोधन गर्न लविङ सुरु भएको छ । सिईओका कार्यकाल हाल कानुन पास भएपछि मात्रै २ कार्यकालको व्यवस्था गराउन केही बैंकहरुहरु लागेका छन ।


प्रतिक्रिया दिनुहोस्