मेगा बैंक आक्रामक बन्दै, ६ महिनामा ९५ करोड मुनाफा « Arthapath.com
२९ माघ २०७६, बुधबार

मेगा बैंक आक्रामक बन्दै, ६ महिनामा ९५ करोड मुनाफा



काठमाडौं । मेगा बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्म ९५ करोड रुपिया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड २ लाख मुनाफा गरेको हो ।

गत आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रुपिया मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३० प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपियाँ पुगेको छ । जुन २० प्रतिशत भन्दा बढीको हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ, जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।


प्रतिक्रिया दिनुहोस्