वाणिज्य बैंकको पुस मसान्तसम्म ब्याज आम्दानी ५ अर्ब ३४ करोड « Arthapath.com
२९ माघ २०७६, बुधबार

वाणिज्य बैंकको पुस मसान्तसम्म ब्याज आम्दानी ५ अर्ब ३४ करोड



काठमाडौं । पुस मसान्तसम्ममा वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधीमा वाणिज्य बैंकको नाफा २ अर्ब ४० करोड थियो । वाणिज्य बैंकले यो वर्ष पुस मसान्तसम्ममा ब्याज आम्दानीबाट ५ अर्ब ३४ करोड गरेको छ । अघिल्लो वर्ष बैंकले ब्याज आम्दानीबाट ५ अर्ब २३ करोड कमाएको थियो ।

वाणिज्य बैंकको खराब कर्जा अनुपात(एनपीएल) पुस मसान्तमा ४.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको छ । अघिल्लो वर्ष पुस मसान्तमा वाणिज्य बैंकको बेसरेट ५.६० प्रतिशत रहेकोमा यो वर्ष ६.६० प्रतिशत पुगेको छ । यस्तै स्प्रेडदर अघिल्लो वर्ष ४.७८ प्रतिशत रहेकोमा यो वर्ष ५.५३ प्रतिशत पुगेको छ ।

वाणिज्य बैंकसँग पुस मसान्तसम्ममा १ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १ खर्ब ४७ अर्ब छ । अघिलो वर्ष निक्षेप १ खर्ब ८९ अर्ब रहेको थियो भने कर्जा १ खर्ब ४२ अर्ब रहेको थियो ।

पूर्ण सरकारी लगानीको बैंकले सरकारलाई बाड्न मिल्ने नाफा १ अर्ब ९ करोड रहेको छ । ९ अर्ब चुक्ता पूँजी रहेको वाणिज्य बैंकसँग रिजर्बमा १२ अर्ब छ । पूँजीकोष अनुपात १३.१५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्