६ महिनामा ३२ अर्ब नाफा, कुन बैंकले कति कमायो ? « Arthapath.com
२९ माघ २०७६, बुधबार

६ महिनामा ३२ अर्ब नाफा, कुन बैंकले कति कमायो ?



काठमाडौं । मुलुकमा सञ्चालित २७ ‘क’ वर्गका बैंकहरुले ३२ अर्ब बढी मूनाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा वाणिज्य बैंकहरुले ३२ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बढी मूनाफा आर्जन गरेका हुन् ।

आर्थिक वर्ष २०७५/०७६ मा बैंकले ३० अर्ब ७६ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ को ६ महिनामा ३९ प्रतिशतले बैंकहरुले नाफा बढाएका थिए । गत वर्षको तुलनामा ७ प्रतिशत बढीले मूनाफा बढेको छ ।

धेरै फाईदा हुने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक नै देखिएको छ । सरकारी स्वामित्वको यस बैंकले यस अवधिमा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । तर, यो मूनाफा गत वर्षको सोही अवधिको तुलनामा कम हो । गत वर्षको ६ महिनामा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

ब्याज आम्दानीको तुलनामा खर्च बढेका कारण बैंकको नाफा घटेको हो । बैंकको खराब ऋण पनि बढेको छ । बैंकको ब्याज आम्दानी २० प्रतिशतले बढ्दा खर्च ६० प्रतिशतले बढेको छ ।

यही कारण खुद ब्याज आम्दानी २ प्रतिशतले मात्र बढेको छ । बैंकको खराब ऋण ३.४ प्रतिशतबाट ४.७७ प्रतिशत पुगेको छ । आधार दर स्थिर ६.६ राखेको बैंकले स्प्रेड ४.७८ प्रतिशतबाट ५.५३ प्रतिशत र्पुयाएको छ ।

मूनाफाका आधारमा नविल बैंक दोस्रो नम्बरमा देखिएको छ भने एनआईसी एशिया तेस्रो नम्बरमा देखिएको छ । २ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएर नविल दोस्रो नम्बरमा देखिएको छ भने २ अर्ब १ करोड ६२ लाख रुपैयाँ कमाएर एनआईशी एशिया तेस्रो नम्बरमा देखिएको छ ।

सबैभन्दा कम मूनाफा कमाउनेमा भने सिभिल बैंक देखिएको छ । यस बैंकले ६ महिनाको अवधिमामात्रै ३१ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्